बिल गेट्सको सम्बन्ध विच्छेद

काठमाडौँ, २१ बैशाख । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले २७ वर्षको वैवाहिक सम्बन्ध तोडेका छन् ।

बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान छन् । दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा