उपत्यकाको निषेधाज्ञालाई अझ कडा बनाउने गरी आदेश जारी हुँदै: यस्तो छ तयारी

काठमाडौँ, २० वैशाख । उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ ।

संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो । त्यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी कर्मचारीलाई सम्बन्धित कार्यालयबाट अत्यावश्यक र अनुमति दिइएका सेवा प्रवाहका लागि सीमित सवारी पास मात्रै जारी गर्ने, बैंक तथा वित्तीय संस्थाका हकमा एउटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी चलाउन दिइने एवं सरकारी कार्यालयमा रहेका सवारीमध्ये ५० प्रतिशत मात्रै सञ्चालनमा ल्याउने गरी अर्को आदेश जारी गर्न लागेका छन् ।

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले यस विषयमा तीनवटै प्रशासनको संयुक्त छलफल भएको र छिट्टै निर्णय सार्वजनिक गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब बैंक तथा वित्तीय संस्था र तोकिएका सेवा प्रवाहका लागि सरकारी कार्यालय र आवागमनका लागि यसअघि जारी गरिएका निषेधाज्ञामा थप केही कडा प्रावधान ल्याउनेबारे छलफल भएको छ । यसलाई छिट्टै अन्तिम रुप दिइनेछ ।’

सडकमा अत्यावश्यक कामका लागि हिँड्ने पैदलयात्रीले पनि त्यसको औचित्य र प्रमाण देखाउनुपर्नेबारे पनि छलफल भएको भट्टराईले जानकारी दिनुभयो । वैशाख १६ मा जारी गरिएको एक साता लामो निषेधाज्ञा बुधबार सकिँदैछ । त्यसको अघिल्लो दिन मंगलबार नै यी थप कडा प्रावधान समेटेर निषेधाज्ञा अवधि वैशाख मसान्तसम्म पुर्‍याउने तीनवटै प्रशासनको तयारी छ ।

सोमबार नै देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोरोना संक्रमण तीव्र बन्दै गएको उल्लेख गर्दै निषेधाज्ञालाई थप कडा बनाइने बताउनुभएको छ । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्नेमाथि अनुगमन, कारबाही र नियमन गर्न गृहमन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट