राष्ट्रिय युवा संघको ‘हेल्प डेक्स’: उपत्यकामा ५ ठाउँमा सञ्चालन, थप ८ ठाउँमा विस्तार गर्ने

काठमाडौँ, २० वैशाख । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा न्युनिकरणको साथ साथै जनतामा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै देशभर हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।

समस्याग्रस्त ठाउँहरुलाई मध्यनजर गर्दै संघले नेतृत्वमा रहनुभएका पदाधिकारीलाई उप्रेरकको जिम्मेवारी तोकेको छ । सोही अनुसार हाल हेल्प डेक्स सञ्चालनमा ल्याएको हो । ‘जहाँ समस्या, त्यहाँ राष्ट्रिय युवा संघ’ भन्ने कुरा जनतामा समेत परिचित भइसकेको छ । देशमा जस्तोसुकै समस्या आएपनि सवैभन्दा पहिला समस्या समाधान तथा जनताको दुःखमा मलहम लगाउन अग्र भागमा रहने संघले कोरोना संक्रमणको विरुद्धमा जनचेतनामूलक कार्यहरु गरिरहेको छ ।

आज राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको नेतृत्वमा काठमाडौँको कोटेश्वरमा नयाँ भेरियन्ट कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको हेल्प डेक्सलाई माक्स, सेनिटाइजर, ग्लोब्स, खानेपानी लगायतका सामाग्री संघका अध्यक्ष क। बचन बहादुर सिंहले हस्तान्तरण गर्नुभएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा संघका सह-अध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्य, सचिव बिष्णुराज बि.सि., स्थायी कमिटी सदस्य द्वय निरोज पौडेल र राजु खाती ‘सहदेव’, आयोग सचिव बाबू छत्कुली, सचिवालय सदस्य मन्जिव क्षेत्री लगायतको सहभागीता रहेको थियो ।

हालसम्म राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ उपत्यका भित्र ५ ठाउँ हेल्प डेक्स सञ्चालनमा ल्याइसकेको छ । जसमा नयाँ बानेश्वर, गोंगबु, कलंकी, भक्तपुर र कोटेश्वर रहेका छन् भने नागढुङ्गा, स्वयम्भू, चावहिल, बौद्व, ठमेल, जगाती, लगनखेल, मंगलबजार लगायतका ठाउँमा विस्तार गर्ने योजना बनाएको महासचिव आचार्यले जानकारी दिनुभयो ।

 देशभर सहयोगका लागि सम्पर्क व्यक्तिहरु

काठमाडौं रमेश आचार्य-9851090872, ललितपुर क्षितिज थेवे-9841558901, भक्तपुर अशोक चौलागाईं -9851194457, झापा पर्बत भण्डारी -9851249799, सुनसरी सीता सुवेदी -9842066076, मोरङ बिजय डाँगी -9842043432, धनुषा संजिव कुमार झा-9851157444, बारा+पर्सा मोविन आलम -9841487079, चितवन प्रताप डल्लाकोटी-9855062206, कास्की महेन्द्र गुरुङ -9856023099, रुपन्देही सुमन पुरी-9851013701, दाङ  माधव ओली, बाँके+बर्दिया रबिन्द्र लम्साल-9851045154, कैलाली अरुण कुँवर -9851190257, कञ्चनपुर मिलन सिंह -9866244448, बाँकी जिल्लामा संघको जिल्ला कमिटिका सम्पुर्ण अध्यक्ष/आयोजक कमिटि संयोजकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट