ओडीआई र टी-२० वरीयतामा नेपालको सुधार

 काठमाडौँ, २० बैशाख । नेपालले क्रिकेटको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रियको वरीयतामा एक-एक स्थान सुधार गरेको छ ।

 अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक वर्षको मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । आज जारी गरेको वरीयतामा नेपाल ओडीआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी-२० आईमा पनि एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लेको छ ।

ओडीआईमा नेपाल यसअघि १७औं र युएई १६ औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडीआई खेल खेलेको छैन । यस्तै यही वैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिज जितेको नेपालले टी-२० वरीयतामा सुधार गरेको हो । सिरिज सञ्चालनकै बेलामा पनि नेपालको वरीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको थियो ।

पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३ औं स्थानमा उक्लेको हो । एसोसिएट नेसनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव