माओवादीको किर्ते काण्ड पर्दाफासः दुई सांसदद्वारा मुख्यमन्त्री पोखरेललाई नै समर्थन रहेको जानकारी

काठमाडौँ, २० वैशाख । लुम्विनी प्रदेशको हिजो भएको मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको हस्ताक्षरमा एमालेका दुई सांसदले हस्ताक्षर गरेको भनि माओवादीले किर्ते गरी प्रदेश प्रमुख समक्ष दावी पेश गरेको तथ्य खुल्न आएको छ ।

माओवादी तथा कांग्रेसको गठबन्धनका तर्फबाट कुल प्रसाद केसीले नक्कली हस्ताक्षर गरी प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेको खुलेको हो । एमाले तर्फबाट सांसद बन्नुभएका धर्मबहादुर लाल श्रीवस्तव र अजय शाहीले आफ्नो पक्षमा रहेको भन्दै माओवादी कांग्रेसको गठबन्धनका तर्फबाट कुलप्रसाद केसीले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाउनुभएको थियो ।

तर सांसद श्रीवस्तव र शाहीले आज उक्त कुराको खण्डन गर्दै आफुहरु एमालेका तर्फबाट निर्वाचित भएको साथै एमालेमा कटिवद्ध रहेको उल्लेख गर्दै केसीले हस्ताक्षरको दुरुपयोग गरेको विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार