कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी पछि सभापति देउवाले बैठक स्थगित गरी भोलीलाई बोलाउनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेस बैठकमा पार्टी महाधिवेशनको आन्तरिक विषयसँगै प्रधानमन्त्री ओलीले बहुमतको विश्वास छँदाछँदै संसद अधिवेशन आह्वान गरेर विश्वासको मत लिन लागेको विषय पनि छलफलको मुद्दा बन्ने बताइएको थियो । प्रधानमन्त्री ओलीले विश्वावको मत लिन लाग्दा पार्टी रणनीति कस्तो हुने र अन्य दलसँगको सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसले पदाधिकारी बैठकबाटै रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट