काठमाडौँ, १९ वैशाख । इन्डियन आयल कर्पोरशेनले नेपालमा ल्याउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाए पनि नेपाल आयल निगमले भने वर्तमान समयको विशेष परिस्थितमा मूल्य वृद्धि नगर्ने भएको छ । आइओसीले मे १ मा पठाएको खरिद मूल्य अनुसार पेट्रोलमा रु ८.७६, डिजेलमा रु ३.४२ र एलपी ग्यासमा रु ३७५.१३ घाटा रहेको निगमले एक विज्ञप्ती जारी गरी जनाएको छ । जसले गर्दा निगमलाई हालको अवस्थामा पाक्षिक १०० करोड नोक्सानी हुने भएको छ ।
निगमले नोक्सानी भए पनि कोरोनाका कारण आर्थिक रुपमा संकट भइरहेको समयमा मूल्य वृद्धि नगरी केही मात्रामा भएपनि प्रयोगकर्तालाई आर्थिक सहयोग गर्ने भएको छ ।
विज्ञप्ती
