भारतले नेपालमा आउने पेट्रोलियम पदार्थको मूल्य बढायोः निगमले नबढाउने

काठमाडौँ, १९ वैशाख । इन्डियन आयल कर्पोरशेनले नेपालमा ल्याउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाए पनि नेपाल आयल निगमले भने वर्तमान समयको विशेष परिस्थितमा मूल्य वृद्धि नगर्ने भएको छ । आइओसीले मे १ मा पठाएको खरिद मूल्य अनुसार पेट्रोलमा रु ८.७६, डिजेलमा रु ३.४२ र एलपी ग्यासमा रु ३७५.१३ घाटा रहेको निगमले एक विज्ञप्ती जारी गरी जनाएको छ । जसले गर्दा निगमलाई हालको अवस्थामा पाक्षिक १०० करोड नोक्सानी हुने भएको छ ।

निगमले नोक्सानी भए पनि कोरोनाका कारण आर्थिक रुपमा संकट भइरहेको समयमा मूल्य वृद्धि नगरी केही मात्रामा भएपनि प्रयोगकर्तालाई आर्थिक सहयोग गर्ने भएको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९