काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने हुनुभएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने जानकारी दिनुभएको छ । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । सोही अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयको जानकारी आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पनि दिनुभएको छ ।
यद्यपि, प्रधानमन्त्री ओली अझै पनि संसदमा बहुमतमा नै छन् । माओवादी केन्द्रले अझै पनि सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छैन ।