लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न जिम्मेवारी दिएका थिए ।

सोही मन्त्रिपरिषद्ले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । पूर्वनिर्धारित समय अनुसार आइतबार दिउँसो १ बजेदेखि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन चल्ने कार्यतालिका बेक्र गर्दै बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।

अर्कोतर्फ सांसद विमलाकुमारी वलीले माओवादीमा प्रवेश गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा