एमाले स्थायी कमिटीद्वारा संक्रमितको उपचार र आवश्यक पूर्वाधार निर्माण गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौँ, १९ वैशाख । आज बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले कोरोना भाइरसको बढ्दो जोखिम नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रवक्त ज्ञवालीले भने, ‘बैठकले कोभिडका बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’ ‘समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाईंमा स्वयम्सेवी रूपमा परिचालित हुन पनि बैठकले आह्वान गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट