एमाले स्थायी कमीटी बैठक सकियो

काठमाडौँ, १९ वैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् ।

बैठकले कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनले भने, ‘बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गर्यो । आफ्नो पार्टी पङ्क्तिलाई पनि अझ बढी क्रियाशील भएर कोरोना नियन्त्रण अभियानमा संलग्न हुन आह्वान गरेको छ ।’

बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट