स्पेनिस ला लिगामा रियल विजयी

काठमाडौँ, १९ बैशाख । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–० ले हरायो । योसँगै ला लिगाको उपाधि होड रोमाञ्चक भएको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । पराजित ओसासुनाको ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, २८ बैशाख । कोरोना सङ्क्रमतिको सङ्ख्या बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021