निषेधाज्ञा लागू भएका जिल्लाको संख्या २९ पुग्यो (सूचीसहित)

काठमाडौँ, १९ वैशाख । कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि मुलुकभरमा आंशिक र पूर्ण गरी २९ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ ।
आइतबार विहानसम्म कूल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ भने २२ जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको छ । आइतबारबाट गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा लागू भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा १६ गतेदेखि लागुभएको छ ।

घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको ५०० मिटर दायाँबायाँ, विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मङ्गलदारसम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरिएको छ ।

झापा, गुल्मीमा आज राति १२, बाजुरामा बिहान ५ र उदयपुरमा आइतबार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आएको छ भने प्यूठानमा शनिबार बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ । गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा शनिबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतबार बेलुका ८ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ । यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा शनिबार राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डडेलधुरामा आइतबार बिहान ६ बजेदेखि आदेश कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार