एजेन्सी, १९ बैशाख । भारतमा शनिबार २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ कोरोनासंक्रमित थपिएका छन । यस्तै, ३,६८४ को ज्यानसमेत गएको छ । भारतमा कोरोनाको दोस्रो लहरका बीच पहिलो पटक निको हुने बिरामीको आँकडा ३ लाख पार भएको छ । शनिबार ३ लाख ८ हजार ५२२ बिरामी निको भएर घर फर्किएका छन् ।
यसअघि रेकर्ड स्तरको ४ लाख १ हजार ९११ नयाँ संक्रमित भेटिएका थिए । मृत्युको आँकडाबारे कुरा गर्ने हो भने संसारमा सबैभन्दा धेरै भारतमा मृत्यु भइरहेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ जहाँ ८२८ संक्रमितको मृत्यु भएको छ ।