सूचना महामार्ग निर्माण र विस्तारलाई उच्च प्राथमिकता: मन्त्री गुरुङ

काठमाडौँ, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना महामार्ग निर्माण र विस्तारको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ ।

‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्री गुरुङले आजको युग सूचना तथा सञ्चार प्रविधिको युग भएको बताउनुभयो । त्यसैले आधुनिक युगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताउनुभयो ।

सन्देशमा उहाँले भन्नुभएको छ, “सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुँच पु¥याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ । सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।” ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दीगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको उनले जारी गरेका शुभकामना सन्देशमा उल्लेख छ ।

मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने र प्रत्येक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभएको छ, “साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार