कोरोना पीडितलाई अक्षयकुमारको एक करोड सहयोग

मुम्बई, १२ बैशाख । बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड सहयोग गरेका छन् ।

उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् ।

गौतमले ट्वीटमार्फत भनेका छन्, ‘दुःखद समयमा हरेक एकको मद्दत आशाको किरण जस्तै हो । अक्षयकुमारलाई पनि धन्यवाद भन्न चाहान्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सिजनका लागि गौतम गम्भिर फाउन्डेशनलाई एक करोड सहयोग गर्ने बचन दिएका छन् । भगवान उनलाई आर्शिवाद दिनुहोस् ।’

अक्षयले पनि गौतमको उक्त ट्वीटलाई रिप्लाई गरेका छन् । अक्षयले लेखेका छन्, ‘यो साँच्चिकै मुस्किलको समय हो । मलाई खुसी लागेको छ, कि म मद्दत गर्नसक्छु । आशा गर्छु, छिट्टै यो समय पार होस् ।’ अक्षयको यस्तो मद्दत यो पहिलो भने होइन । गत वर्ष कोभिडको दौरानमा अक्षयले पीएम केयर्स फन्डमा २५ करोड दान दिएका थिए भने बिहार र असमका बाढी पीडितका लागि समेत उनले एक एक करोड दान दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021