चितवनका विद्यालयहरुमा फैलियो कोरोना

चितवन, ६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो । 

भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै इच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई सङ्क्रमण देखिएको छ ।

भरतपुरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार वाल्मीकिका कक्षा १० का विद्यार्थीलाई सङ्क्रमण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको छ । आइतबार र आज सो विद्यालय बन्द गरिएको हो भने अन्य विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिएको छ ।

गुञ्जानगर माविका दुई विद्यार्थी, नारायणीका लेखाका कर्मचारी र इच्छाकामनाका दुई शिक्षकमा सङ्क्रमण देखिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भूमिलाल सुवेदीले बताए । विद्यालयमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् । कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा आइतबार बसेको पालिकास्तरका शिक्षा शाखा प्रमुख र समन्वय एकाइ प्रमुखको बैठकले वैशाखभित्रमा वार्षिक परीक्षा सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । सुवेदीका अनुसार जेठमा गर्ने भनिएको वार्षिक परीक्षा वैशाखभित्रमा सम्पन्न गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ । 

निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का प्रतिनिधिसँग आज छलफल गरिँदै छ । यहाँ आइतबार मात्रै २२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।