एमालेमय बन्यो काभ्रेः कांग्रेस परित्याग गरी युवाहरु एमालेमा प्रवेश

काठमाडौँ, ५ बैशाख । पछिल्लो समय देशभर एमालेमा प्रवेश गर्नेको लर्को लाग्दै गएको छ । नेपाली कम्युनिष्टहरुमा केही स्वार्थका कारण विचलन आएता पनि कम्युनिष्टमा प्रवेश गर्ने नागरिकको संख्या भने कम भएको छैन ।

यसै क्रममा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउपालिका वडा नं. ३ बोल्देका १५ जना युवाहरु कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । विगत केही समय अघि पनि काभ्रेका करि दुई सय युवाहरु एमालेमा प्रवेश गरेका थिए । पछिल्लो समय विकास र समृद्धिको अभियानकर्ताको रुपमा एमाले रहेको उल्लेख गर्दै अबको यात्रा एमालेको लक्ष्य र निर्देशन अनुसार हुने उद्घोष गर्दै युवाहरु एमालेमा प्रवेश गरेका हुन् । पार्टीले दिएको जिम्मेवारी र निर्देशनको पालना गर्दै विकास र समृद्धिको साथमा पार्टीको काममा लाग्ने समेत नवप्रवेशीहरुले प्रतिवद्धता जनाएका छन् ।

पार्टीमा स्वागत गर्दै एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटाले पार्टीको आवश्यकता, क्षमता तथा दक्षताको आधारमा जिम्मेवारी प्रदान गर्ने बताउनुभयो । यो वा त्यो बहाना वा कसैको कुरामा लाग्नुभन्दा पनि तथ्य र वास्ताविकताको आधारमा अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याउँदै निर्वाचन केन्द्रीत भई काम गर्न समेत निर्देशन दिनुभयो ।

त्यस्तै आजको पार्टी प्रवेश एउटा सानो कास्टिङ मात्रै हो र यस्ता कार्यक्रमले आउने दिनमा राम्रै गतीका साथ अगाडि बढ्ने उक्त स्थानका एमाले निकट युवाहरुले उद्घोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै