माधव नेपाल सूमह तत्कालै माओवादीमा प्रवेश गर्ने खुलासा

पर्वत, ५ बैशाख । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमालेको माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।

आइतबार सदरमुकाम कुश्मामा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमालेको नेपाल पक्षसँग निकट भविष्यमै पार्टी एकता गर्ने गरी वार्ता अघि बढेको बताउनुभयो ।

बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको भन्दै उहाँले एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको जानकारी गराउनुभयो ।

समानान्तर गतिविधि गरीरहेका माधव समूहका नेताले समेत केही समयमा नै पार्टीको नाम र चिन्ह फरक हुने भन्दै पार्टी विभाजको तयारी अवस्थामा रहन आफ्ना गुटका कार्यकर्तालाई निर्देशन समेत दिइसकेका छन् । पार्टीको नाम एकिकृत कम्युनिष्ट पार्टी राख्ने तयारी भइरहेको समेत स्रोतले जानकारी दिएको छ । पार्टीको नाम तयारी गरे पनि चिन्ह के राख्ने भन्ने टुङ्गो लागि नसकेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु