काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
शनिबार राति सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । जितपछि रोएल च्यालेन्जर्स समान ४ अंक जोडेको मुम्बई रनरेटका आधारमा अगाडि छ ।
जितपछि मम्बईले ३ खेलबाट ४ अंक जोडेको छ । हेदरावाद अंकविहीन हुँदे पुछारमा छ । लिगमा आज दुई खेल हुँदैछ । दिउँसो ३:४५ बजे सुरु हुने खेलमा रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स तथा बेलुका ७:४५ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाव किंग्स भिड्नेछन् ।






