एमालेद्वारा ३ सांसदलाई पार्टीबाट निष्काशन: ज्वालालाई केन्द्रको जिम्मा

काठमाडौँ, ४ बैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको बोगटीले जानकारी दिनुभयो । शुक्रबार चारै जनाले प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा