आईपीएलमा धोनीको दुई सयौं खेलमा चेन्नाई विजयी

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई सुपर किंग्सले जित हात पारेको छ ।

१४औं संस्करणमा पहिलो जित हात पार्ने क्रममा चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

यस सिजन चेन्नाईको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा चेन्नाई दिल्ली क्यापिटल्ससंग पराजित भएको थियो । उता पहिलो खेलमा राजस्थानलाई पराजित गरेको पञ्जाबको भने यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका