माधव समूह पार्टीलाई ध्वंस गर्ने बाटोमा छ : मन्त्री ज्ञवाली

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । एमालेका चार सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि उनको पद जोगिएको हो ।

शाहीको पक्षमा एमालेका ४, उनको दल माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सहित २२ सांसदले मतदान गरेका छन् । यसै सन्दर्भमा परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :

कर्णालीमा सांसदहरूले गरेको फ्लोर क्रसलाई कसरी लिनुभएको छ ?

यो संसदीय प्रणालीमा अक्षम्य र कारबाहीको विषय हो ।

यो अवस्था किन आयो ?

यो धेरै अप्रत्याशितचाहिँ होइन । एउटा पक्षले पार्टीलाई कमजोर बनाउन कोसिस गरिरहेको थियो । त्यसकै प्रकटीकरण हो । पार्टीलाई भित्रैबाट ध्वंस गर्ने प्रयास केही साथीले गर्नुभएको थियो, त्यसबाट यो घटनालाई अलग गरेर हेर्न मिल्दैन ।

पार्टीभित्रको असन्तुष्ट समूहको निर्देशनअनुसार नै कर्णालीमा फ्लोर क्रस भएको हो ?

त्यो प्रस्ट देखिन्छ । कसैको आडभरोसाबेगर त्यहाँ यति गम्भीर तहको गल्ती हुन सक्दैन  ।

यसले त पार्टी विभाजन नै भयो होइन ?

केही साथी पार्टी विभाजनमा लागिरहनुभएको छ । उहाँहरूको ध्याउन्न र सेवाभाव अन्यत्रै छ । उहाँहरूले अलग पार्टीका रूपमा अभ्यास गर्न खोज्नुभएको थियो । सडकबाट कारबाही गर्ने जस्ता गतिविधि गर्दै हिँड्नुभयो । फागुन २३ पछि त्यो प्रक्रिया रोकिएला भन्ने सोचेका थियौं । तर त्यो रोक्नुभएन । उहाँहरू एकता होइन, पार्टीलाई ध्वंस गर्ने बाटोमा हुनुहुन्छ ।

गण्डकीमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ, अरू प्रदेशमा यस्तो सम्भावना देखियो नि ?

यही निष्कर्षमा पुग्न अझै केही समय पर्खनुपर्ने हुन्छ । पार्टीभित्रका केही व्यक्ति त्यो एक्स्ट्रिममा पुग्नुहुन्न भन्ने सुनिश्चित छैन ।

प्रदेशहरू तरंगित हुन थाले, अब यसको बाछिटा केन्द्र सरकारसम्म पनि आइपुग्छ होला नि ?

केन्द्रीय सरकार हटाउन एक डेढ वर्षदेखि कोसिस भइरहेकै छ । सक्ने/नसक्ने भन्ने मात्र हो । हामीलाई सरकारको भविष्यभन्दा पनि देशको नवस्थापित राजनीतिक प्रणाली र समग्र भविष्यबारे चिन्ता छ । प्रमुख कुरा हामी कस्तो पार्टी निर्माण गर्दै छौं र कस्तो प्रणाली बनाउँछौं भन्ने हो । जसरी पनि मुलुकमा राजनीतिक विकृति नहोस् भन्ने हो । तर केही मानिसको ध्याउन्न नै सरकार बदल्ने र त्यसलाई नै क्रान्ति, लोकतन्त्र ठान्ने विकृत राजनीतिमा छ ।

जनता समाजवादी पार्टीसँग केन्द्र सरकार जोगाउन भइरहेको वार्ताचाहिँ कुन तहमा पुग्यो ?

हाम्रा कुराकानी सरकारको प्रतिरक्षाका लागि मात्र छैनन् । छलफल गर्दै जाँदा त्यो विषय पनि एउटा एजेन्डा होला । हामी संसद्मा रहेका सबै दलसँग रचनात्मक संवादबाट अघि बढ्न चाहन्छौं  ।

जनता समाजवादी पार्टीले केही विषय उठाएको छ । संविधानसँग जोडिएका केही प्रशासनिक निर्णयसँग पनि जोडिएका विषय छन् । निष्कर्षमा पुगिसकेका छैनौं । अनुचित सम्झौता गरेर सरकारमा टिकिराख्न जरुरी छैन । मुलुकलाई बर्बाद हुने दिशातर्फ नलैजानका लागि अन्तरविरोध न्यूनीकरण होस् भन्नेमा छौं । हामीले विप्लव र सीके राउतसँग त समझदारी निर्माण गर्‍यौं भने अब संविधानभित्रका शक्तिलाई त मिलाएर जाने अधिकतम कोसिस गर्छौं नै ।

केन्द्रमा पनि अविश्वासको प्रस्ताव ल्याउने कोसिस हुँदै छ यता पनि फ्लोर क्रस गर्ने अवस्था आयो भने के गर्नु हुन्छ ?

जुनसुकै प्रस्ताव सामना गर्छौं । हामीलाई यसमा कुनै चिन्ता छैन ।

कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ वैशाख । नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोरोना

काठमाडौँ, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।

काठमाडौँ, २९ वैशाख । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021