कुन कुन एमाले सांसदले गरे फ्लोर क्रस ? जोगियो मुख्यमन्त्री शाहीको पद

सुर्खेत, ३ बैशाख । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा ३७ प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद हुनुहुन्छ । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै