कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ, ३ बैशाख । काठमाडौँ महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले पत्राचार गरेका छन् । महानगर क्षेत्रका विद्यालयहरूलाई गरिएको पत्राचारमा प्रमुख स्तरको बिहीबार गरिएको निर्णय अनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्