दूरसञ्चार प्राधिकरणको कार्यालय नाचघरमा

काठमाडौँ, २ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक संस्थान अर्थात् व्यापारिक भवनमा सरेको हो । 

प्राधिकरणबाट हुँदै आएका सम्पूर्ण काम आजदेखि जमलस्थित नाचघरबाट प्रवाह भएको जनाइएको छ । आफ्नै कार्यालय भवन नभएको प्राधिकरणले नाचघरको व्यापारिक भवन १० वर्षका लागि भाडामा लिएको हो । प्राधिकरणले नयाँ भवनलाई मासिक रुपमा प्रति वर्ग फिट रु ७० भाडा बुझाउने गरी सम्झौता गरेको जनाइएको छ । 

प्राधिकरणले यसअघि खुमलटारस्थित रेडियो नेपालको जग्गामा कार्यालय भवन बनाउने तयारी थालेको थियो । बयालीस रोपनी उक्त जग्गामा भवन बनाउने प्रक्रिया शुरु नभएपछि प्राधिकरणले नाचघरको भवनमा कार्यालय सारेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा