गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा, २ बैशाख । चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ ।

यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो । ६ वैशाखका लागि अर्को बैठक तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर मध्यरातमै अधिवेशन अन्त्यभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर

काठमाडौँ, ५ बैशाख । काठमाडौँको डिल्लीबजारबाट जुवा खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । डिल्लीबजारस्थित गोपिनी महर्जनको घरमा जुवातास खेलिरहेका ओखलढुङगा

काठमाडौँ, ५ बैशाख । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या

सल्यान, ५ वैशाख । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको