संयुक्त गठबन्धन पत्तासाफः ओली प्यानल नै विजयी

नवलपरासी, १ बैशाख । नेपाली कांग्रस, माओवादी केन्द्र, माधव कुमार नेपाल समूहलगायतका संयुक्त गठबन्धनलाई पत्तासाफ गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको एमाले संस्थापन पक्षले बर्दघाट बजार विकास समितिको निर्वाचनमा सफलता हासिल गरेको छ ।

हिजो भएको समितिको निर्वाचनमा एमाले निकट व्यवसायीहरुको नेतृत्व गर्दै प्रधानमन्त्री ओली निकट तारा गौतमले नेतृत्व गरेको सम्पूर्ण प्यानल विजयी भएको छ । अध्यक्षका उमेदवार तारा गौतमले ४ सय १९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धि संयुक्त प्यानलका अध्यक्ष पदका उमेदवार प्रकाशकुमार सुनारले ४ सय ७ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

त्यसैगरी उपाध्यक्षमा तारा गौतम प्यालनका खेमराज सापकोटाले ४ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धि गंगा पाण्डेले ३ सय ७४ मत प्राप्त गर्नुभयो । सचिवमा गोकर्ण शर्मा ४ सय २१ मतका साथ विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्द्धि रमेश श्रेष्ठले ३ सय ८६ मत प्राप्त गर्नुभयो । त्यस्तै सह–सचिवमा राधाकुमारी बस्याल गैरेले ४ सय २८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्द्धि केशमाया गुरुङले ३ सय ७८ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा ईन्द्रबहादुर विकले ४ सय २२ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धि लिलाहरी पौडेल (राजु)ले ३ सय ८० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्यहरुमा रोशनी वर्मा पाण्डेले ४ सय २२, दिपक न्यौपानेले ४ सय ३७, सोभा सुवेदीले ४ सय ३४, गोविन्द पाध्या आचार्य ४ सय २३, हेमकुमार शर्मा ४ सय ८, ज्ञानु पुनले ४ सय २८, नारायणबहादुर दामाई ४ सय ७ र भुमिराज कंडेल ९राजेश०ले ४ सय ३४ मत ल्याएर विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021