त्रासै त्रासमा माओवादी

काठमाडौँ, १ बैशाख । सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिकरूपमा फिर्ता लिन सकेको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । संसद्मा ठूलो दलको हैसियतमा रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार नै वैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थामा पुनः संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणा गर्न सक्ने त्रास माओवादी केन्द्रलाई रहेको छ । 

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नयाँ सरकार गठन गर्नका लागि अविश्वासको प्रस्ताव संसद्मा जाने वातावरण नभएसम्म समर्थन फिर्ता लिएर मात्र अर्थ नहुने बताउँछन् । उनले भने, ‘हामीले यो सरकारको विकल्प खोजिरहेका छाैं, कांग्रेस तयार भए पनि जसपा अझै तयार भइसकेको छैन, यो सरकारलाई हटाउन अवस्था भएपछि मात्र समर्थन फिर्ता लिन्छौँ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक