अमेरिकामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

एजेन्सी, ३१ चैत । अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको मृत्यु भएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । राष्ट्रपति जो बाइडनले गोली प्रहार हुनु दुःखद् भएको तर प्रदर्शन र लुटपाटको औचित्य नरहेको बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका