काठमाडौँ, २९ चैत । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको छ ।
गएराति भएको खेलमा चेन्नेईले दिएको एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टाएको हो ।
यसअघि, मुम्बईमा टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।





