ललितपुर मेयर कपको उपाधि एपीएफलाई

काठमाडौँ, २८ चैत । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफ च्याम्पिएन बनेको हो । सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य एपीएफले १६ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि ज्योति पाण्डेले ३६ रन बनाइन् । कप्तान सीता रानामगरले २७ रन जोड्दा इन्दु बर्माले १९ रनको योगदान गरिन् । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

जितसँगै एपीएफले नगद तीन लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार पायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ