आजदेखि आईपीएल शुरु हुँदै

काठमाडौँ, २७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ ।

पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ ।

दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्ने छन् ।

बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको छ । उता, मुम्बईले आफ्ना सुरुवाती १३ मध्ये ४ खेलमात्र जितेको छ । सन् २०१३ पछि टोलीले आफ्नो पहिलो खेल जित्न सकेको छैन । मुम्बईले पछिल्ला दुई सिजन लगातार उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ