आजदेखि आईपीएल शुरु हुँदै

काठमाडौँ, २७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ ।

पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ ।

दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्ने छन् ।

बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको छ । उता, मुम्बईले आफ्ना सुरुवाती १३ मध्ये ४ खेलमात्र जितेको छ । सन् २०१३ पछि टोलीले आफ्नो पहिलो खेल जित्न सकेको छैन । मुम्बईले पछिल्ला दुई सिजन लगातार उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा