भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

काठमाडौँ, २६ चैत । भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ ।

गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा गएको २४ घण्टामा  ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।

भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यसैबीच कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ । परीक्षा नलिइकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ५ जेठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र