काठमाडौँ, २५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले आज कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
नेपाल सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको राष्ट्रव्यापी अभियान अन्तर्गत यो खोप लगाएका हुन । उनीहरुले आज अपरान्ह काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर स्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन ।
जिल्ला जनस्वास्थ्य काठमाडौँको पहल तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा संचालित खोप कार्यक्रममा आज खोप लगाउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, मोः आरिफ शेख, करण के.सी., सुशन भारी, अविनाश वोहोरा, कमल सिंह ऐरी, ललित नारायण राजवंशी, लोकेश बहादुर बम, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द सिंह ऐरी, कुशल भुर्तेल, मोः असिफ शेख, शाहव आलम, पवन शराफ लगायतले चिन सरकारबाट प्राप्त भेरो सेल खोप लगाएका हुन् ।
नेपाल सरकारले १८ देखि ५९ बर्ष उमेर समूहलाई लक्षित गरी चलाएको खोप अभियानमा यस पटक युवाहरुलाई विशेष प्राथमिक्तामा राखिएको छ । जसमा खास गरी उच्च शिक्षाका लागी चीनका विश्वविद्यालयमा अध्ययन गर्न जाने तथा चीनबाट अध्ययन गरी नेपाल फर्किएका र नेपालर्म बसोबास गर्नेहरुलाई समेत प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी नेपालमा रहेर कामकाज गरीरहेका चीनिँया नागरीकहरु, आयात निर्यातको व्यवसाय संचालन गर्ने व्यापारीहरु पर्यटन व्यवसायी तथा हिमाल आरोहण गर्ने पर्वतारोहीहरुलाई विशेष ग्राहयता दिने बताएको छ । शिक्षक, शिक्षिका तथा होटल व्यवसायी तथा मजदूरहरु, फलफुल तथा तरकारी व्यवसायी, विज्ञापन व्यवसायी, इन्टरनेट सेवा प्रदायकसँगै लगायतकालाई पनि यसै चरण अन्तर्गत खोप दिने सरकारको तयारी छ ।
पहिलेका खोप कार्यक्रममा कारणवस सहभागी हुन नसकेका तथा छुटेकाहरुले समेत खोप लिन सक्ने बताईएको छ । राष्ट्रि«य क्रिकेट टोलीलाई हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत तथा मेडिकल डाईरेक्टर डा. हरिश जोशीले स्वागत गर्नु भएको थियो ।

हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको राष्ट्रिय गौरव वोकेका खेलाडीहरुका लागी हस्पिटलको तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । हस्पिटलका मेडिकल डाईरेक्टर डा. हरिश जोशीले ॐ हस्पिटलले नेपाली खेल क्षेत्र र खेलाडीहरुको हितमा विगत देखिनै सेवा पु¥याउदै आएको स्मरण गर्दै हस्पिटलका क्रिकेट टोलीलाई स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भयो ।






