काठमाडौँ, २५ चैत । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो । सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो ।
यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो । बिस्कास् जात्रा चैत २८ बाट हुँदैछ । नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो ।