काठमाडौँ, २५ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटी बनाएको छ ।
मंगलबार प्रदेश कमिटीको बैठक राखेर ९ वटै जिल्लामा समानान्तर कमिटी बनाइएको छ । उक्त समूहले ९ वटा जिल्लामा बनाएको समानान्तर कमिटीको नेतृत्वमा कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामालाई अध्यक्ष चयन गरिएको छ । घोषणा गरिएको अध्यक्षमा डडेलधुरामा डा. तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट, बजुरामा गगन रावल, दार्चुलामा यसअघि उपसचिव रहेका ज्ञानेन्द्र घर्ती रहेका छन् । अछाममा शेरबहादुर कुँवरको नेतृत्वमा कमिटी बनाइएको छ ।