काठमाडौं, २५ चैत । बलराम प्यासी । रेडियो, टर्चलाईट, रिमोट कन्ट्रोल, केटाकेटीका खेलौना लगायतमा प्रयोग भएका साना सुख्खा ब्याट्री, घरबाट निस्किने अन्य फोहोरसंगै मिसाएर फ्याँक्दा यसले जमिन र पानीमा नकारात्मक असर गर्छ भन्ने तथ्य प्रायःले सामान्य रुपमा लिने गरेका छन् ।
तर नेपालकालागि इजरायली राजदूत हनान गोदर भने जनस्वास्थयमा प्रत्यक्ष असर गर्ने यस्ता सुख्खा ब्याट्रीको व्यवस्थापनगर्ने विषयमा स्कुले विद्यार्थीहरुलाई सिकाउन लागि परेका छन् ।

नयाँबानेश्वरस्थित काव्य स्कुलमा बुधबार पानीको खाली जारसहित उपस्थित भएका राजदूत गोदरले सो विद्यालयका प्रिन्सिपल, सञ्चालक र शिक्षकहरुलाई अनुरोध गर्दै विद्यार्थी र शिक्षकहरुले आफ्नो घरमा प्रयोग भईसकेका सुख्खाब्याट्री जथाभावी रुपमा नफ्याँकी संकलन गरेर ल्याई स्कुलमा राखिएको पानीको खालीजारमा जम्मा गर्न आग्रह गरे ।
नेपालस्थित इजरायली राजदूतावासको पहलमा राजधानीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई प्रयोग भईसकेको यस्ता सुख्खा ब्याट्री संकलन र व्यवस्थापन गर्दै वातावरण जोगाउन प्रोत्साहन गर्ने उद्धेश्यले उनी बुधबार काव्य स्कुलमा पुगेका थिए । प्रयोग भईसकेको सुख्खा ब्याट्री जथाभावी फ्याँक्नाले जमिन र पानीमा केमिकल (एसिड) मिसिँदा जमीन र पानीमा रहेका किरा फट्यांग्रा र जीवजन्तुलाई नकारात्मक असर गर्ने र माटोको उर्वारा शक्ति नष्ट गर्ने बताउँदै राजदूत गोदरले अहिलेसम्म कसैले चासो नदिएको यस्ता ब्याट्रीहरुको समयमै व्यवस्थापन गरी वातावरण संरक्षणमा जोड दिनुपर्ने बताए ।

काव्य स्कुलमा राखिएको पानीको खालीजारमा प्रिन्सिपल, सञ्चालक र शिक्षकहरुबाट केहीसुख्खा ब्याट्री खसाल्न लगाएका राजदूतगोदरले यस्ता सुख्खा ब्याट्रीले जार भरिएपछि राजदूतावासलाई खवर गर्नुपर्ने र राजदूतावासले ब्याट्रीसहितको सो जार संकलनगरि सम्वन्धित संस्थामा नष्ट गर्न पठाउने पनिबताए । काव्य स्कुलका विद्यार्थीहरुले वातावरण संरक्षणको क्षेत्रमागर्दै आएका कृयाकलापको प्रशंसा गर्दै राजदूतगोदरले विद्यालयले आयोजनागर्ने टोल सरसफाई कार्यक्रममा आफु समय मिलाएर सहभागी हुने वचनवद्धता पनि व्यक्त गरे ।
उनले नेपाल र इजरायलवीच रहेको कुटनैतिक सम्वन्धबारे पनि प्रकाशपार्दै दुुई देशवीचको मित्रता भविष्यमा अझै समुधुर हुने पनि विश्वास व्यक्त गरे । नेपालमा विश्वकै अग्लो शिखर सगरमाथा रहेको र इजरायलमा विश्वकै सबैभन्दा होचो स्थान मृत सागर रहेको पनि उनले चर्चा गरे । कार्यक्रममा काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले नेपाल र इजरायलवीचको सम्वन्ध, शैक्षिक, कृषि र वातावरण लगायतका विषयमा चर्चा गर्दै रादूतावास र विद्यालयवीच बुधबारदेखि कायमभएको नयाँ सम्वन्धले सकारात्मक सन्देश दिएको बताए ।

नेपाल सरकारले अझैपनि शिक्षण पेशामा आवद्ध भएकाशिक्षक र कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्राथमिकताको सूचिमा नराखेको गुनासो गर्दै राजदूतावासबाट कोरोना विरुद्धको निशुल्कखोपको लागिपहलगर्न आग्रह गरे ।
त्यस अवसरमा विद्यालयका सञ्चालकहरु धर्मेन्द्र प्रकाश राजभण्डारी, सुनिलकुमार घर्ती, दिलिपथापा, रिजन खड्का र प्रेम अर्यालको साथै सिनियर सेक्सन इन्चार्ज चक्र दवाडी तथा जुनियर सेक्सनइन्चार्ज सन्ध्या रिजाललगायत विषयगत शिक्षकहरुको सहभागिता थियो ।सामाजिक विज्ञान शिक्षक गणेशप्रसाद दाहालले कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो । राजदूत गोदरलाई विद्यालयको तर्फबाट संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले गणेशको प्रतिमूर्ति उपहार दिएकाथिए ।