निजामती सेवा विधेयकले संघीयताको मर्ममाथि प्रहार गरेकाे आराेप

काठमाडौँ, २५ चैत । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध तोड्ने विज्ञले दाबी गरेका छन् । राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि प्रतिनिधि सभामा पेस गरेसँगै विवादित बनेको हो ।

राज्यव्यवस्था समितिले प्रतिनिधि सभामा पेस गरेको विधेयकप्रति स्वयं सरकार नै असन्तुष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार विधेयकका कतिपय प्रावधानले संघीयताको मर्ममाथि प्रहार गरेको छ । ‘संघीयताको मर्ममाथि प्रहार गर्नेगरी विधेयक पारित गरिनु हुँदैन,’ मन्त्रालयका ती अधिकारीले भने, ‘कतिपय विषय सच्याइनुपर्छ ।’

निजामती कर्मचारीले पनि विधेयक कर्मचारीमैत्री नभएको आरोप लगाएका छन् भने कर्मचारीसम्बद्ध विभिन्न ट्रेड युनियनले ‘प्रतिगामी’को संज्ञा दिएका छन् । नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष केदारप्रसाद देवकोटाले हालै संसद्मा पेस विधेयक जस्ताको तस्तै पास भए नेपालको निजामती प्रशासन फेरि पछि धकेलिने दाबी गरे । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्