कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइने (अस्पतालको नामसहित)

काठमाडौँ, २५ चैत । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ ।

चीनबाट ल्याइएको ८ लाख डोज खोप भोलीदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार यी अस्पतालहरुमा खोप लगाइन्छ:

१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
२. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
३. निजामती कर्मचारी अस्पताल, मिनभवन
४.परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर
६.त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७. काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८. नेपाल मेडिकल कलेज, अत्तर खेल
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी
१०. वीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल, बलम्बु
१२. नेपाल प्रहरी अस्पताल, पानी पोखरी
१. ओम अस्पताल रिसर्च सेन्टर, चावहिल
१४. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल, भक्तपुर
१६. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१७. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
१८. किष्ट मेडिकल कलेज, ललितपुर
१९. आनन्दवन अस्पताल, ललितपुर
२०. धुलिखेल अस्पताल, काभ्रे
२१. त्रिशुली अस्पताल, नुवाकोट
२२. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल रसुवा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष