काठमाडौँ, २४ चैत । बलिउडकी चर्चित नायिका कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नायिका कैफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म कोभिड १९ पोजिटीभ भएकी छु।मैले तुरुन्तै आफूलाई आइशोलेट गरिसकेकी छु।र होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’