एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना, दशदिन विद्यालय बन्द


बागलुङ, २४ चैत । बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि १० दिन विद्यालय बन्द गरिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।  एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको हो  ।

संक्रमितहरु छ जना होस्टेलको आइसोलेसन र दुई जना होम आइसोलेसनमा रहेका छन  त्यस्तै बागलुङ नगरपालिकामा २६ जना सक्रिय संक्रमित रहेका छन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित