काठमाडौँ, २४ चैत । सरकारले व्यवसायी किशोर प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रधानलाई मंगलबार सञ्चालक नियुक्त गरेका हुन् ।
मन्त्री ढकालका प्रेस विज्ञ माधव तिवारीले प्रधानलाई चार वर्षका लागि निगमको सञ्चालक नियुक्त गरेको जानकारी दिए । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन् ।