काठमाडौँ, २४ चैत । कर्णाली प्रदेश सरकारमा रहेको नेकपा एमालेका तीन जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन ।
पार्टीको निर्देशनअनुसार माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
राजीनामा दिएपछि महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । सामाजिक विकास मन्त्री रावलले आज सामुहिक राजीनामा दिएको बताए । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए ।