नयाँ दिल्ली । लगानी आकर्षणको दृष्टिकोणले भारत विश्वको पाचौँ देश बनेको छ । पीडब्ल्युसि ग्लोबल सिईओ सर्वेक्षणले गरेको बिश्लेषणमा लगानीको दृष्टिकोणले भारत पाचौँ स्थानमा आएको हो ।
बजार बिस्तार र वृद्धिको दृष्टिकोणले अमेरिकाले पहिलो स्थान ओगटेको छ, भने चीन दोस्रो मुलुक बनेको छ । त्यस्तै जर्मनी तेस्रो स्थानमा आएको छ, भने युरोपेली संघबाट बाहिरिएपछि बेलायत चौथो स्थानमा आएको बिश्लेषण गरीएको छ । सर्वेक्षणमा भारत पाँचौ स्थानमा आएको हो । विश्वका ठूला प्रमुख कार्यकारी अधिकारी ९सिईओ० हरु विश्वमा आर्थिक स्थिती माथि उठ्नेप्रति विश्वस्त रहेको पनि सर्वेक्षणले देखाएको छ ।
आर्थिक स्थिती बृद्धि हुनेप्रति विश्वका सिईओहरुको विश्वास २४ बर्ष यताकै उच्च रहेको पनि सर्वेक्षणले जनाएको छ । यधपी, कोभिड १९ महामारीका कारण स्वास्थ्य क्षेत्रमा ठुलो त्रास बढेको छ भने साईबरसुरक्षा व्यापार क्षेत्रमा दोस्रो ठुलो त्रास बनेको सर्वेक्षणमा उल्लेख छ ।
स्रोत: सिएन्बीसी टीभि१८ https://www.cnbctv18.com/economy/india-among-worlds-top-5-investment-destinations-pwc-global-ceo-survey-8567921.htm?fbclid=IwAR1IK_85odL-6qUCbM5Hv3FiYixKQY1IpZtfp7YDJYC9qUoXA8F28Phxfus