साउदी अरबद्वारा सयौँ चिनियाँ अनलाइन सपिङ वेबसाईट बन्द

रियाद । साउदी अरबले नक्कली समान प्रचार प्रसार गरेको र बेचेको भन्दै एक सय ८४ चिनियाँ वेबसाइटहरु बन्द गरेको छ ।

ती वेबसाइटहरुले नक्कली समान ब्राण्डेड भएको दाबी गर्ने, ग्राहकले समान साट्न र फिर्ता गर्नेबारे जवाफ नदिने जस्ता गैरजिम्मेवारपूर्ण काम गरेको समाचारपत्र अलजजिराले उल्लेख गरेको छ । साउदी अरबले त्यस्ता एक सय ८४ वटा चिनियाँ वेबसाइट बन्द गरेको गल्फ न्युजले बताएको छ ।

ग्राहकहरुलाई समान साट्न र फिर्ता गर्ने विकल्प नदिएको र गुणस्तरिय समान भन्दै झुक्याएको अल जजिरामा उल्लेख छ । कम्पनीको ठेगाना, सक्पर्क, जानकारी, ग्राहक सेवा जस्ता सुचना नराखेका वेबसाइटहरुलाई साउदी सरकारले बन्द गरेको हो । विश्वसनीय कम्पनीहरुबाट मात्र समान खरीद गर्न र आकर्षक विज्ञापनहरुको पछि नलाग्न साउदी अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

स्रोत: हिन्दुस्तान टाईम्स https://www.hindustantimes.com/world-news/saudi-arabia-shuts-down-184-chinese-websites-for-marketing-fake-products-report-101615468495635.html

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको

भक्तपुर, ४ बैशाख । शनिबार (बैशाख ५ गते ) भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै