एजेन्सी, २४ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अबको दुई कार्यकालको पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ ।
एक विधेयकमा हस्ताक्षर गरेसँगै उनले सन् २०३६ सम्म अर्थात अबको दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने संवैधानिक अधिकार प्राप्त भएको हो ।
झण्डै दुई दशकदेखि सत्तामा रहेका पुटिनले यो कार्यकाल ६ वर्ष चलाइसकेका छन । गएको वर्ष पुटिनको कार्यकाल बढाउने गरेर संविधान संशोधनका लागि रसियामा जनमत सङ्घर्ष गरिएको थियो । त्यहाँका मानिसहरुले पुटिनको समर्थनमा मत दिएका थिए । गएको महिना यो सम्बन्धी विद्येयक सांसदहरुले संसदबाट अनुमोदन गरेका थिए । त्यसै विधेयकमा राष्ट्रपति पुटिनलाई हस्ताक्षर गरेसँगै उहाँलाई आफ्नो कार्यकाल बढाउने संवैधानिक अधिकार प्राप्त भएको हो ।