‘होसियार ! कतार प्रहरीका लागि कुनै माग आएको छैन’

काठमाडौँ, २४ चैत । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ ।

विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो ।

कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट हाल कुनै पनि पूर्वस्वीकृति प्रदान गर्ने कार्य नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभागका अनुसार कतार प्रहरीमा पठाइदिने भन्दै राहदानीलगायतका कागजात सङ्कलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्नेलगायतका अवैध काम भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको छ । कुन देशबाट कुन कामका लागि कति माग आएको छ भन्ने विषयमा विभागको वेबसाइटबाट हेर्न र यकिन गर्न सकिने भन्दै आधिकारिकता परीक्षण गरेर मात्र वैदेशिक रोजगारको प्रक्रियामा संलग्न हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्