समानान्तर कमिटीमा बसे पनि कारबाही हुन्छ: प्रमुख सचेतक भट्टराई

काठमाडौँ, २३ चैत । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीमा समानान्तर गतिविधि गर्ने र समानान्तर कमिटीमा रहनेहरुलाई कारबाही हुने बताउनुभएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँगै आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो, ‘जसरी नेतृत्वका केही व्यक्तिलाई कारबाहीको प्रक्रिया अघि बढेको छ । अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्धत हुने र कमिटीमा बस्नेहरु समेतलाई कारबाही गर्ने दिशामा पार्टी अघि बढ्छ ।’

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाटै निलम्बन गरिरहनुभएको छ । यी चार नेतालाई जस्तै समानान्तर गतिविधि गर्नेहरु कारबाहीमा पर्ने प्रमुख सचेतक भट्टराईले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्नेमा यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वाभाविक छ त्यो पार्टी कारबाहीको विषय बन्छ । समानान्तर कमिटी गठन गर्ने कुरा कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्