स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार

काठमाडौँ, २३ चैत । कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थप सजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए  ।

भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खाँचो रहेको मन्त्रालयले जनाएको छ ।यस अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट लेखी आएबमोजिम गर्न र गराउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहले अब सबै प्रवेश बिन्दुका हेल्थ डेस्कमा ज्वरो आएका यात्रुहरूको आरडीटी परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ ।

परीक्षण गरी कोरोना संक्रमित भएमा अस्पताल र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी तिनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ । त्यसै गरी, क्वारेन्टाइन आदेश २०७७ बमोजिमको व्यवस्था लागू गर्नुपर्ने छ । रोगको निगरानी र कन्ट्रयाक्ट ट्रेसिङलाई बढावा दिने व्यवस्था मिलाउनुपर्ने छ । आफ्नो पालिकामा कोरोना जोखिम रहेको स्थान वा क्षेत्रको पहिचान गरी समुदायस्तरमा कोरोना नियन्त्रण गर्न गरिने प्रावधान पालना गरिनेछ । जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रचारप्रसार अभियान तीव्र बनाउन पनि मन्त्रालयले भनेको छ । यो समाचार  आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप